काठमाडौं । राजन न्यौपानेको स्वरमा रहेको गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गायक न्यौपानेकै शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सागर ज्ञवालीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता मुकुन भुसाल, भावना उप्रेती र लिन ओली फिचर्ड हुनुहुन्छ । भिडियोमा गाउँमा पहिलोपटक मोटर पुग्दाको परिवेश बुनिएको छ । राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायांकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गर्नुभएको छ ।
तपाईंको प्रतिकृया



