काठमाडौं । लगातार बढिरहेको सुनको भाउ बुधबार घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।
मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।
तपाईंको प्रतिकृया




