गायिका एलिना चौहानको डिभोर्स, लेखिन्- भावुक स्ट्याटस

काठमाडाैं । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको मंगलबार जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । विवाह भएको १० महिनापछि उनीहरूको सम्बन्धविच्छेद भएकाे हाे । सम्बन्धविच्छेदपछि एलिनाले विष्णका लागि लेखेकी छिन् ।

  • यस्ताे छ पत्र-

प्रिय विष्णु,

अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।

तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् ।

तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।

वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।

तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।

भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।

जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ ।

आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।

पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु ।

तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री