एनआईसी एशिया र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौ । एनआईसी एशिया बैंक लिमिटेडले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस