सिप्रदीले ल्यायो टाटा मोटर्सको भ्यालेन्टाइन अफर ‘एक्सचेन्ज विथ लभ’

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा आजदेखि फागुन ३ गतेसम्म (१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ।

यस अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा रुचाइएका टियागो ईभी र पन्च ईभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने कम्पनीले जनाएको छ। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुनलागेको हो।

‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै, सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री