६ महिनामा सानिमा रिलायन्स लाइफले कमायो २३ करोड बढी नाफा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २३ करोड बढी नाफा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कुल २३ करोड १६ लाख ८९ हजार ७ सय ६१ रुपैयाँ नाफा कमाएको हो।

कम्पनीले गत आवको दोस्रो त्रैमासिकमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा नाफा बढाएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप