आगो लागेको मन्त्रीको कक्षमा संसदीय समितिको टोली

काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।

अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताएका छन् । यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्व तयारीका काम गर्नुपर्नेमा जोड दिए ।

‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण माननी ज्यूहरू टिम नै आउनु भएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ,’ उनले भने, ‘डकुमेण्टहरूमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महसुस समितिले गरेको छ ।

अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’ हिजो बिहान मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । आगोले मन्त्रीको मुख्य कार्यकक्षसँगै थप तीन वटा कोठा क्षतिग्रस्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको भवनमा लागेको आगोको कारणबारे अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री