काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार सरकारी गाडीले आज बिहान माइतीघर क्षेत्रको सडकमा मोटरसाइकललाई हल्का ठक्कर दिएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार ठक्करबाट कुनै पनि मानवीय क्षति भने भएको छैन ।
ट्राफिक प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार, गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई मात्र सानो क्षति पुर्याएको थियो । आइबतार बिहान ११ बजे भएकाे घटनामा कुनै गम्भीर क्षति नभएपछि दुवै पक्षले आपसी सहमतिमा कुरा मिलाएर आफ्नो गन्तव्यतर्फ अगाडि बढेका थिए ।
तपाईंको प्रतिकृया




