अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने दुई जनासँग जिल्ला अदालत काठमाडौंले एक–एक लाख रुपैयाँ धरौटी मागेको छ । काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा मागेको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए । उनलाई थुनामै राखिएको छ ।

त्रिपाठीमाथि कुटपिटको आरोपमा थप एक जना पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने ३३ वर्षीय दिपक आले मगर पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । मगरलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार पाँच दिन हिरासतमा राख्न अनुमति समेत दिएको छ । त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत बाहिर मगरसहितको समूहले कुटपिट गरेका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दामा थुनछेक बहस गरेर फर्किंदै गरेका त्रिपाठीमाथि कुटपिट भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री