काठमाडौं । कैलालीको गोदावरीमा आमा-छोरी मृत भेटिएका छन् । गोदावरी नगरपालिका-११ गोठानमा बिहीबार साँझ आमा-छोरी मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेका छन् । दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक मिराका देबर नरेश बिकले झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
तपाईंको प्रतिकृया




