बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीको नाम सिफारिस

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदीको नाम सिफारिस भएको छ । प्राधिकरणको पदपूर्ति समितिको आज बुधबारको निर्णयानुसार सुवेदीको नाम कार्यकारी निर्देशकमा सिफारिस भएको हो ।

बिमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम बमोजिम सम्भाव्य उम्मेदवारहरूको कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कूल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त गरी सुवेदीको नाम सिफारिस गरिएको पदपूर्ति समितिले जनाएको छ ।

कार्यकारी निर्देशक पदका लागि तीनजनाको उमेदवारी परेको थियो । तीनजनामध्ये सुवेदी ७७.१९४ अंक प्राप्त गरी बढुवा सिफारिसमा पर्न सफल भए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री