काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतकहरूसँग महत्वपूर्ण छलफल गर्न लागेका छन् । छलफल सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बोलाइएको हो ।
छलफलमा बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे समीक्षा हुने बताइएको छ । सातै अध्यादेशलगायतका विषयमा विचार–विमर्श गरिनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।
तपाईंको प्रतिकृया




