प्रहरीको साइबर ब्युरोकै नक्कली इमेल बनाएर ठगी

काठमाडाैं- नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली इमेल बनाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिकाका २० वर्षीय मनिषकुमार मेहता र देवानगंजकै २१ वर्षीय इन्द्रजित यादव छन्।

प्रहरीकै उच्च अधिकारीको नाम/दर्जा र साइबर ब्युरोको नक्कली इमेल बनाउने उनीहरूलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए । उनीहरूले नक्कली इमेलमार्फत डरमा पारेर ठगेको ब्युरोले जनाएको छ ।

उनीहरूमाथि प्रहरीले विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री