काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग फेरी पराजित भएको छ । पहिलो खेलमा पराजित भएको नेपाल नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा पनि पराजित भयो ।
जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन मात्रै जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले २३ रन बनाइन् । ममता चौधरीले ७ रनको योगदान दिइन् ।
पूजा महतोले १८ रन बनाइन् भने कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । कविता जोशीले १४ रनको योगदान दिइन् । सिता राना मगरले १० रन बनाइन् ।
एलिशा कुमारी यादवले ५ रन बनाउँदा रेवती धामीले २ रन बनाइन् । रुविना क्षेत्री र विन्दु रावलले खाता समेत खोल्न सकिनन् ।
बलिङमा भने नेदरल्याण्ड्सका लागि आइरिस, क्यारोलिन डे लैङ्ग र हेदर सिजर्सले समान २–२ विकेट लिइन् ।
इभा लिन्च र इसाबेल भ्यान डेर वोनिङले समान १–१ विकट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोड्यो ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन मात्रै खर्चेर ५ विकेट लिइन् ।
नेदरल्याण्ड्सका लागि ओपनर फेबे मोल्केनबोयरले २१ रन बनाइन् । स्टेरे कलिसले ८ रनको योगदान दिइन् ।
कप्तान बाबेट डे लीडेले सर्वाधिक ४१ रन बनाइन् । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।
रोबिन रिजकेले २१ रन बनाइन् भने हेदर सिजर्सले २६ रनको योगदान दिइन् ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आइरिसले ७, इभा लिन्चले ३ रन बनाउँदा हन्ना लान्हीर शून्य रनमा आउट भइन् ।
क्यारोलिन डे लैङ्गले ३, सिल्वर सिजर्सले १ र इसाबेल भ्यान डेर वोनिङले २ रन बनाइन् ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । मनीषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १–१ विकेट लिइन् ।




