काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार २३ सयले बढेर सुनको सोही मूल्य कायम भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




