श्रीमानलाई गाली नगर्न आग्रह गर्दै एलिना भन्छिन्- बिहे गर्न हतार गरेछु

काठमाडौं । गायिका एलिना चौहानले बिहे गर्न हतार गरेको बताउदै नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी उनले शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै आफ्ना धारणा राखेकी छन् ।

‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

आफूहरू प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको बताउँदै विवाह हतारको निर्णय भएको बताइन् । ‘समय बित्ददै जाँदा सहन सकिन । उहाँका अपेक्षा मैले पुरा गर्न सकिन’ एलिनाले भनेकी छन् ।

उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँदैन ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री