सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ। बिहीबार सामसङले यी स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरेको हो।
समारोहमा सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए।
सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठले सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको बताउँदै अब ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेको दाबी गरे।
उनले भने, ‘र तपाईँको यो त्रु एआई कम्प्यानियनले तपाईँको स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दै छ। ग्यालेक्सी एस२५ सिरिजले तपाईँलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै तपाईँलाई कार्यकारी सल्लाह र सुझावहरू दिनेछ।’
ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम भएको उनको भनाइ छ।
एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तर्क्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्यसहित यी फोनहरु ल्याएको कम्पनीले जनाएको छ।
यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो। यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर तपाईँका अन्तरक्रियाहरूलाई न्याचुरल बनाउँछन्।
ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ। साथै, जिफ शेर गर्ने वा इभेन्टको विवरण राख्ने कार्यहरू जस्ता कामको लागि झन्झट बिना विभिन्न एपहरू बिच सजिलै सँग स्विच गर्न सकिन्छ।
यी स्मार्टफोनहरूले न्याचुरल ल्यांगवेज बुझ्ने प्रक्रियामा पनि ठुलो प्रगति ल्याएर दैनिक अन्तरक्रियाहरूलाई अझ सहज बनाएका छन्।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ। गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ। कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थित गर्दछ।
राइटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ। ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ।
गोपनीयता सुरक्षित सँग हाइपर–पर्सनलाइज्ड अनुभव
ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट तपाईँको डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ।
यो सुविधाले तपाईँको प्रिफरेन्स र युजेज प्याटर्न अनुसार न्याचुरल ल्यांगुएज प्रयोगबाटै ग्यालरीमा पुरानो फोटो खोज्ने वा नाउ ब्रिफ मार्फत दिनभरका लागि सुझावहरू प्राप्त गर्ने जस्ता टेलर्ड अनुभव प्रदान गर्दछ, जुन लक स्क्रिनमै रहेको नाउ बार८बाट एक्सेस गर्न सकिन्छ।
नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ। क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ।
ग्यालेक्सी एस२५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी
ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो। यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत, सीपियूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ।
प्रोस्केलरले दृश्यहरूको स्पष्टतामा ४० प्रतिशतले सुधार गर्न सहयोग गर्छ। यसमा सामसङको मोबाइल डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) समावेश गरिएको छ, जसले प्रदर्शन पावर दक्षता थप बलियो बनाउँछ। भुल्कन इन्जिन र अपग्रेड गरिएको रे ट्रेसिङले मोबाइल गेमिङलाई झन् स्मूथ र जीवन्त बनाउँछ।
ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४० प्रतिशत ठूलो भेपर चेम्बर र विशेष रूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस् मतेरिएल(टिआईएम) प्रयोग गरिएको छ, जसले अत्यधिक प्रयोग र एआई प्रोसेसिङलाई सहज बनाउँछ।
मजबुत र टिकाउ डिजाइन
ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो। यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ। ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ, र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।
प्रि–अर्डर अफरहरू
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर सुरु भएको छ भने फागुन १ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ।
प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबी बाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।
मूल्य र उपलब्धता
ग्यालेक्सी एस२५ अल्ट्रा १२ जीबी/५१२ जीबीको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ छ भने १२ जीबी/२५६ जीबीको १ लाख ८४ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी एस२५ प्लस १२ जीबी/२५६ जीबीको मूल्य १ लाख ४१ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी एस२५ १२जीबी/२५६ जीबीको १ लाख १४ हजार ९९९ रुपैयाँ, १२जीबी/१२८ जीबीको १ लाख ४ हजार ९९९ रुपैयाँ रहेको छ।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ। यसै गरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन्।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले रु ५२५०/महिनादेखि सुरु हुने ०% ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन्। यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्नको लागि प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्नेछ।




