ज्योति बैंकका ग्राहकलाई सिग्मा ल्याबमा छुट

काठमाडौं । ज्योति विकास बैंकले भक्तपुर राधेराधेस्थित सिग्मा डाइग्नोस्टिक ल्याबरोटरीमा बैंकका ग्राहकलाई विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकले उक्त डाइग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ ।

हालै बैंकले धुलिखेलस्थित रिसोर्टहरू दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत र हिमालयन दृश्य रिसोर्टमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप