काठमाडौं । सभामुख देवराज घिमिरे र प्रतिपक्ष दलका प्रमुख सचेतकबीच छलफल जारी छ । सभामुखको कार्यकक्षमा संसदको आगामी हिउँदे अधिवेशनका बारेमा विपक्ष दलका प्रमुख सचेतकसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
यस अगाडि सभामुख घिमिरेले सत्ता पक्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका हुन् । छलफलमा सभामुख घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका थिए ।
सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
तपाईंको प्रतिकृया




