जनता बैंकको ८.५० प्रतिशत लाभाम्स घोषणा, साधारण सभापछि शेयरधनीलाई वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ८.५० प्रतिशत नगद लाभाम्स घोषणा गरेको छ ।

बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितीको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ मा बैंकले प्राप्त गरेको मुनाफा १अर्ब २७ लाख ७९ हजार ५ सय एकाउन्नको ८.५० प्रतिशतले हुन आउने रकम वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको वितरण योग्य मुनाफा ६८ करोड ६० लाख ६२ हजार ८ सय तीन मध्येबाट ०७५ असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ को ८.५० प्रतिशतले हुन आउने रकम ६८ करोड ६६ हजार ८ सय तीन र २५ पैसा नगद लाभाम्स वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस