काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागले हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




