सनसिल्कद्वारा सनसिल्क भाइब्स सिजन ४ का विजेताहरूको घोषणा

काठमाडौँ । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दसैँ भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलता पछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लगेको कम्पनीले जनाएको छ ।

यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’ को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको जनाइएको छ । नयाँ थिम लाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।

सनसिल्क सधैँ प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको कम्पनीले जनाएको छ । सनसिल्क भाइब्स चाँडै नै हयेरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई यसले परम्परागत संस्कृतिसँग आधुनिक प्रचलनहरू मिसाएको कम्पनीले जनाएको छ । यस अभियानले सहभागीहरूलाई हयेरस्टाइलहरू — टाईमलेस क्लासिक्स देखि बोल्ड, कन्टेम्पोररी लुकसम्म— अन्वेषण र आफ्नो अनुभव शेयर गर्न आमन्त्रित गरेको थियो । यो अभियान कपालको बारेमा मात्र थिएनस यो आफैलाई अभिव्यक्त गर्ने र आफ्नो अद्वितीय भावनालाई अँगाल्नुको बारे पनि रहेको कम्पनीले जनाएको छ ।

यो वर्ष, नेपालभरिका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गरेको कम्पनीले जनाएको छ । साउन्डट्र्याकको रूपमा एक आकर्षक ‘सनसिल्क भाइब्स’ गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरेको जनाइएको छ ।

यो अभियान माघ ४, २०८१ मा यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो । विजेताहरू – सुश्री आकृति अर्याल, सुश्री मनीषा लामा, र सुश्री सुहाना ठाकुर—आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरू भन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले रू १००,००० प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाए जसले आत्मविश्वास, सौन्दर्य र आत्म–अभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२।९ मिलियन भ्यूजहरू पाएको छ ।

सनसिल्क भाइब्सको प्रत्येक संस्करणको साथ, ब्रान्डले आफ्ना दर्शकहरूसँग गहिरो रूपमा प्रतिध्वनि गर्ने अभियानहरू सिर्जना गर्दै सीमाहरू बढाउन जारी राखेको छ । ‘माई हेयेर, माई भाइब्स’ को दर्शनलाई अङ्गालेर सनसिल्कले नेपाली चेलीबेटीहरूलाई आफ्नो संस्कृति र स्टाइल निडर भएर प्रदर्शन गरी आफूलाई अभिव्यक्त गर्न प्रेरित गरेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ । …

प्रतिकृया दिनुहॊस