धरानमा युवकमाथि खुकुरी आक्रमण, पाँच जना पक्राउ

काठमाडौं । सुनसरी प्रहरीले एक युवकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका-१५, सदन रोड निवासी २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको घटनामा एक युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका व्यक्तिहरूमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, सोही स्थानकी २१ वर्षीया विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, धरान-८ का १७ वर्षीय प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदीप तामाङ छन् । घटना गत शनिबार बिहान भएको हो ।

राई घाइते अवस्थामा सडकमा लडिरहेको देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको टोलीले राईलाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाएको थियो ।

घटनामा प्रयोग भएको प्र १-०२-०५२ प ८९८५ नम्बरको स्कुटरका आधारमा अनुसन्धान गर्दै प्रहरीले धरानका विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरेको हो । प्रहरीले जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति …

प्रतिकृया दिनुहॊस