काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ ।
सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित श्री कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरू मध्ये न्यानो कपडाको अभाव भएका ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा पुस २७ गते ५५ थान पोलार ज्याकेट वितरण गरेको छ ।
त्यस्तै, सर्वोदय परियोजना नामक गैर सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको प्रवर्द्धन गर्न आयोजित कार्यक्रम सञ्चालन गर्नको निमित्त पनि बैंकले आर्थिक सहयोग गरेको छ ।
तपाईंको प्रतिकृया



