बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिले अर्थतन्त्र ‘स्लोडाउन’ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर अर्थतन्त्रमा देखिएको बताएका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रमा अलिकति स्लोडाउन भएको असर हामी देख्छौं । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रासरूटमा खट्नु भएको छ’, उनले भने । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताएका छन् । अराजकताका यस्ता विषयहरू सधैं नरहने पनि उनले स्पष्ट पारे ।

यस्तै समग्रमा भने अर्थतन्त्रका सूचकहरू राम्रो रहेको र मुद्रास्फीति नेपाल राष्ट्र बैंकको लक्ष्यभित्रै रहेको पनि उनले बताएका छन् । ‘पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौं । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको इन्फ्लेशन अलिक बेसी बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्योभित्रै इन्फ्लेशन बसेको अवस्था छ’, उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंक सबल र प्रभावकारी भए मात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हासिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस