पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्ज फेस्ट’

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो ।

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुबिधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसंग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् । बिक्री पछिको सेवा र चार्जिङ पूर्बाधारको विकासमा साइमेक्स इंकले पु-याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी …

प्रतिकृया दिनुहॊस