सिद्धार्थ बैंकले कमायो ५३ करोड खुद नाफा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५३ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यो गत आर्थिक वर्षको तुलनामा ५३.३६ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा इम्पेरमेन्ट चार्ज २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ । खुद फी तथा कमिसन आम्दानी १८.६८ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस