सांकेतिक तस्बिर

सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

काठमाडौं । दार्चुलाको अपीहिमाल गाउँपालिका–१ स्थित सिती स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्‍याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय शोवनसिह लोथ्यालले जानकारी दिए । लोथ्यालका अनुसार आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहँदा एक्कासी बेहोस भएर उनको ज्यान गएको हो । जागरीका यसअघि एक छोरी छन् ।

अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडक छैन । गाउँबाट सडकसम्म पुग्न-पु र्‍याउनै चार घण्टा बढी समय लाग्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति …

प्रतिकृया दिनुहॊस