काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस जारी, होलान् त रिहा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ ।

सरकारी वकिल खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस गर्दै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा तथ्यहरू प्रस्तुत गरे । प्रहरी अनुसन्धान अनुसार, लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अनियमित रूपमा लिएको आरोप लागेको छ । यही रकम बिगो माग गर्दै सरकारी वकिलले अभियोगपत्र दायर गरेका थिए ।

जाहेरवालाको तर्फबाट बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिवाद गर्नेछन् । सहकारीको रकम अपचलनमा अभियोग लागेपछि रवि लामिछाने आइतबार अदालतमा उपस्थित भएका थिए । अब थुनछेक बहसले लामिछाने थुनामा जाने वा रिहा हुनेबारे निर्णय गर्नेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्याक्टर पल्टिँदा युवकको मृत्यु, चालक फरार

काठमाडौं । बाँकेमा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । आइतबार जानकी गाउँपालिका ३ …

प्रतिकृया दिनुहॊस