नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

काठमाडौँ । बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम प्याथोलोजि ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकको तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र केसीले हस्ताक्षर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको चाबहिलस्थित अप्टिक आइजमा कुमारी बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् …

प्रतिकृया दिनुहॊस