भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

डोटी । भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो ।

उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन् । घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइ न्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए । मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री