मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौं । आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।

बैंकका अनुसार पुस १० देखि माघ १० सम्मको अवधिमा मोबाइल बैंकिङमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई स्मार्टफोन प्रदान गर्न सक्नेछन् ।

साथै, RBB Digital Sansar, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु.५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री