सहकारी ठगीमा पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेतृ गुरुङलाई मंगलबार कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष समेत हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले गुरुङ पक्राउ परेको पुष्टि गरे ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री