Untitled design - 1

लक्ष्मी सन्‌राइज बैंक र आईएफसीबीच वित्तीय दुरुपयोग समाधान गर्ने समझदारी

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी)सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यस सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न सहयोग बैंकको विश्वास छ । अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने जनाइएको छ ।

पति–पत्नी, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरूपयोग जस्तै,आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरु बाट आफ्नो लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनुजस्ता क्रियाकलाप पर्दछन् ।

यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली

काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहॊस