सुदूरपश्चिमका राज्यमन्त्री बम सवार गाडी दुर्घटना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटनामा परेको छ । राज्यमन्त्री बम सहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो ।

भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

राज्यमन्त्री बमको मुख र नाकमा चोट लागेको छ भने श्रीमतीको छातीमा र सहयोगी देउवाको टाउकोमा चोट लागेको छ । उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । राज्यमन्त्रीसहित तीनै जनाको अवस्था सामान्य छ ।

भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा दुर्घटना भएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री