नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल–फ्री सुविधा

काठमाडौँ । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सुरु गरेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । बैंकका अनुसार यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिएको छ ।

बैंकका अनुसार सेवाका मुख्य विशेषताहरू निम्नानुसार छन् :

  • निःशुल्क सम्पर्क : ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।
  • २४/७ सेवा उपलब्धता : टोल–फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ ।
  • दक्ष र व्यावसायिक सेवा : प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन् ।
  • विविध च्यानल पहुँच : ग्राहकले टोल–फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन् ।

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको जनाएको छ । बैंकले टोल–फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस