फेरि घट्यो सुनको मूल्य, शुक्रबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री