कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री