सिटिजन्स बैंकको ७.९९ % घर कर्जा योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ % प्रिमियम दर थप गरि ब्याजदर कायम गरिनेछ । यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

अधिकतम २ करोड सम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ साथै पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत सर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री