काठमाडौं । नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । त्यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
निगमले बढेको मूल्य आजदेखि लागू भएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर १६२ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ रहेको थियो ।
त्यस्तै डिजेल तथा मट्टितेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ । यस अघि डिजेल तथा मट्टितेलको प्रति लिटर १५३ रुपैयाँ रहेको थियो ।
निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २८ पैसा बढेर आएको र डिजेल मट्टितेलमा प्रति लिटर एक रुपैयाँ ४८ पैसा घटेर आएको जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया



