काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा दुलहा बनेका छन् । शुक्रबार उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन् ।
विवाहपछि बधाई दिँदै नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउदले फेसबुकमा लेखेका छन्, ‘मेरा अनन्य मित्र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिह थापा तथा सुश्री भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । नवविवाहित जोडीको सुखद र सफल दाम्पत्य जीवनको मङ्गलमय शुभकामना व्यक्त गर्दछु !’
नेपाली कांग्रेसका नेता थापाको २०१६ चैत १ गते बैतडीको दशरथ चन्द नगरपालिकामा जन्म भएको थियो । हाल उनी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा स्थायी बसोबास गर्दै आएका छन् । थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
तपाईंको प्रतिकृया




