भक्तपुरमा मोटरसाइकलबाट पैदल यात्रुको मृत्यु

काठमाडाैं । भक्तपुरको नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट गए राति एक ७० वर्षका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका–१० नलिन्चोकमा डेरा गरी बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले गए राति १० बजे नलिन्चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको बनेपा–६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री