सडकबाट अनुसन्धान प्रभावित पार्ने प्रयास भयो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यले अनुसन्धान गरिरहेका बेला सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको छानबिनलाई लक्षित गर्दै उनले न्यायिक प्रक्रियालाई प्रभावित गर्ने प्रयास भएको जिकिर गरेका हुन् ।

बागमती प्रदेशले आयोजना गरेको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै लेखकले भने, ‘अपराध भइसकेपछि राज्यले सरकारले अनुसन्धान गर्छ, अभियोजन गर्छ । न्यायिक प्रक्रियाहरू हुन्छन् । तर, कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर हुने गतिविधिहरुलाई शहन गर्न सकिँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री