बालबालिकालाई जस्तै ६० नाघेकालाई पनि नियमित खोप

काठमाडाैं । बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले विर्सन्छन्। तर, ६० वर्ष नाघेकालाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ भने कमैले आत्मसाथ गरेका छन्।

आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बुढापाकालाई पनि नियमित रुपमा खोप लगाउनु पर्छ। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्। खोपले सक्रामक रोगबाट शिशुहरुलाई जस्तै बुढापाकाहरुलाई समेत सुरक्षा दिन्छ। यसले बूढापाकालाई रोग लाग्नबाट जोगाउँछ।

डा.रमेश कँडेलका अनुसार रोग प्रतिरोधात्मक क्षमता उमेरसँगै कम हुँदै जाने भएकाले जेष्ठ नागरिकमा रोगले छिट्टै असर देखाउँछ। निमोनिया, फुलु, जनै खटिरा, टीडीएपी, हेपाटाइटिस बी लगायतको खोप लगाई उनीहरुको ज्यान जोगाउन सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस