नेप्सेमा ३३.४२ अंकको गिरावट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन बुधबार उच्च अंकले बढेको बजार बिहीबार ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा झरेको हो ।

बिहीबार कारोबार रकम भने बढेको छ । आज ६ अर्ब १४ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ ।

आज सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको २६ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री