मोरङमा स्रोत नखुलेको साढे ४७ लाखसहित ज्योतिदेवी पक्राउ

काठमाडौं । मोरङमा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ दर्वेशाका ६५ वर्षीया ज्योतिदेवी अग्रवाल छन् । उनलाई स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँ नगदसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री