काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिरको वनकालीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
उनी इन्द्रबहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईंको प्रतिकृया



