जनकपुर बोल्ट्सको टोलीलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमणमा लैजाने

काठमाडौं । जनकपुर बोल्टस्को गोल्ड पार्टनर टेक्नोले पूरै टोलीलाई चीन भ्रमणमा लैजाने योजना बनाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)मा अब्बल प्रदर्शन गरिरहेको टोलीलाई अझ हौसला भर्न यस्तो योजना बनाएको कम्पनीले जनाएको छ।

आइतबार लुम्बिनी लायन्सविरुद्ध १ रनको रोमाञ्चक जितपछि टेक्नोले यस्तो घोषणा गरेको थियो।

कम्पनीका अनुसार जितको उत्साहलाई अझै उच्च बनाउँदै टिमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाइएको छ।

टेक्नोले जनकपुर बोल्टससँगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

लिग तालिकामा जनकपुर ४ जितका साथ ८ अंकसहित पहिलो स्थानमा छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री