जाडो बढ्दै छ : काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम दिनप्रतिदिन घट्दो क्रममा रहेको छ । शुक्रबार ५.५ डिग्री सेल्सियसमा झरेको तापक्रम शनिबार झनै ओरालो लागेर ५.२ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै न्यूनतम तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार बिहान ६ बजेको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएकोमो त्यो अझै घट्दो क्रममा रहेको मौसमविद विभूति पोखरेलले बताइन् । उनले बिहान न्यूनतम तापक्रम घट्दो क्रममा रहेपनि दिउँसो भने आकाश खुल्ने र घाम लाग्ने बताइन् । काठमाडौँमा शुक्रबार अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएकोमा शनिबार पनि त्यसकै आसपासमा अधिकतम तापक्रम रहने अनुमान गरिएको मौसमविद पोखरेलले बताइन् ।

शनिबार देशका पहाडी भूभागमा आंशिक बदली, उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको अन्य भूभागमा सामान्यतया मौसम सफा रहने उनले जानकारी दिइन् । शनिबार राति भने मौसम सफा रहने छ । मौसमविद पोखरेलले राती मौसम सफा भएमा दोस्रो दिन चिसो बढी महसुुस हुने बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय …

प्रतिकृया दिनुहॊस