रविलाई प्रचण्डको साथ, भने- सरकारले प्रतिशोध साँध्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लामिछानेमाथि निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय व्यवहार गरेको बताए । उनले त्यस प्रकारको व्यवहार रोक्न सरकारसँग गम्भीर आग्रह पनि गरेका छन् ।

प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री